June 19, 2026, Friday
२०८३ असार ५, शुक्रबार

बाउन्नकोटी कपको उपाधी सियारी १ लाई

प्रथम बाउन्नकोटी कप फूटबल प्रतियोगिता २०८१ को उपाधी सियारी १ ले जितेकोछ। आज सम्पन्न अतिनै प्रतिस्पर्धात्मक फाईनल खेलमा सियारी १ ले प्रतियोगिता कै दाबेदार मानिएको तिलोत्तमा १४ लाई १-० ले स्तब्ध पार्दै उपाधी माथी कब्जा जमाएको हो।
खेलको एक मात्र गोल बिजेता टिमको लागि जर्सी नम्बर ७ का सुगम सिंह ठकुरीले पहिलो हाफ्को १२औं मिनेटमा गरेका थिए।
उपबिजेता मै चित्त बुझाउन बाध्य तिलोत्तमा १४ ले सोचे अनुसार खेल पस्कन सकेन भने खेलको अन्त्य तिर टिम दश खेलाडीमा समेतिन पुगेको थियो।
बिजेता सियारी १ ले नगद रु ५०,०००/- सहित प्रथम शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता तिलोत्तमा १४ ले नगद रु ३०,०००/- सहित द्वितीय शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।।
बाउन्नकोटी सामुदायिक बन उपभोक्ता समुह, चि म टि प, रुपन्देहीको युवा प्रोत्साहन कार्यक्रम अन्तर्गत बैशाख १६ देखि २१ सम्म पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा बनको सिमा संग जोडिएका तिलोत्तमा नगरपालिकाको चारवटा वडाहरु वडा न १३, १४, १५ र १६, ओमसतिया गाउंपालिकाको वडा न १ र सियारी गाउंपालिकाको वडा न १ गरि ६ वटा टिमहरुको सहभागिता रहेको थियो। समितीका अध्यक्ष लिल बहादुर क्षेत्रीको अध्यक्षतामा आज सम्पन्न प्रतियोगिताको समापन समारोह कार्यक्रमको प्रमुख आतिथ्यता सल्लाहकार समितीका संयोजक बिष्णु प्रसाद तिवारीले गर्नु भएको थियो भने कार्यक्रम संचालन समितीका सचीव शसिकला गुरुङले गर्नु भएको थियो।          बाउन्नकोटी सामुदायिक बन उपभोक्ता समूह, चि म टि प, रुपन्देही आयोजक रहेको यस प्रतियोगिता को मैदान ब्यवस्थापन र प्राबिधिक सहयोग समपुर्ण युवा क्लब, तिलोत्तमा १४, सुपौलीले गरेको थियो भने प्रतियोगिता अन्तर्गतका सम्पुर्ण खेलहर सामुदायिक बनको खेल मैदानमा खेलाईएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement