June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

नीति, नियम, कानून पाए किशोर किशोरी रुपान्तरण तालिममा

कपिलवस्तु, असार २४,
रुपान्तरण सहजकर्तालाई दोश्रो चरणको आठ दिने प्रशिक्षक प्रशिक्षण ताालिमका सहभागि किशोर किशोरीहरुले रुपान्तरण तालिमवाट किशोर किशोरीहरु नीति, नियम र कानूनवारे जानकारी प्राप्त गरेका छन् ।

Advertisement

उनीहरुले गाँउ समाजमा बालविबाह, घरेलु हिंसा, महिला हिंसा, लैंगिक हिंसा, दहेज, छुवाछुत लगायतका विषयमा नेपालमा भएका नीति नियम कानूनवारे जानकारी प्राप्त गरेका छन् । तालिमको सातौं दिन इलाका प्रहरी कार्यालय लुम्विनीका प्रहरी नायव निरिक्षक कमल प्रसाद आचार्यले आफ्नो प्रस्तुतीकरणमा जानकारी गराएका छन् ।

जसवाट स्थानीय स्तरमा भई रहेको बालविवाह, घरेलु हिंसा, महिला हिंसा, लैंगिक हिंसा, दहेज, छुवाछुत जस्ता हानिकारक सामाजिक मूल्यमान्यतालाई अन्त्य गर्नमा ठुलो भूमिका निर्वाह गर्न सक्छ । स्थानीय जनताहरुलाई आफ्नो गुनासो तथा उजुरी गर्नका लागि राष्टिय महिला आयोगको हेल्पलाइन नं. ११४५, नेपाल प्रहरीको १००, बाल हेल्प लाइन १०९८ नम्वर फोन गर्दा पैसा नलाग्ने र तत्काल सेवा पाउने सकिने छ ।

तालिम UNFPA को आर्थिक सहयोग, VSO को सहकार्य र मधेश मानव अधिकार गृह (माहुरी होम) को संयुक्त साझेदारीमा संचालित बाल विबाह अन्त्यका लागि विश्वव्यापी किशोरी सशक्तिकरण परियोजना अन्र्तगत रुपान्तरणका सहजकर्ताहरुलाई रुपन्देही जिल्लाको लुम्विनीको शाक्य गेष्ट हाउसमा तालिम संचालनमा रहेको परियोजनाका जिल्ला सुपरभाइजर रिखिराम निगमले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0