May 2, 2026, Saturday
२०८३ बैशाख १९, शनिबार

पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

मर्स्याङ्दी तीरैतीर भएर बस गुड्दा वरिपरिको हरियाली दृश्यले मनलाई आनन्द दिलाइरहेको थियो । काठमाडौंको जस्तो प्रदूषित वायु लिनबाट केही मात्रामा भए पनि छुट्कारा पाएको महसुस भइरहेको थियो । किसान खेतबारी हरियाली नै भरिएका थिए । वनपाखाहरू पनि हरियाली थिए । मर्स्याङ्दीमा निरन्तर बगिरहेको कञ्चन पानीले आँत भिजाइरहेको भान भयो । नदी बगिरहेको ठीक पारिपट्टी गोरखा जिल्लाका पहाडी भेगको दृश्य पनि कम मनमोहक थिएन । राजमार्ग छेउछाउका केही कलात्मक र ऐतिहासिक घरहरूले मनमा उत्साह भरिरहेको थियो ।

Advertisement

राजमार्गको ठाउँठाउँमा कालोपत्रे भइसकेको सडकमा बस दौडिंदाको मज्जा बेग्लै थियो, सँगै कालोपत्रेका लागि तयारी भइरहेको सडकका कारण बेलाबेला भोग्नुपरेको सास्ती पनि उत्तिकै ।

यही बीचमा बसका कन्डक्टरले दमौली बजार आइपुगेको जानकारी दिए । उनले जानकारी दिएको पाँच-सात मिनेटमा बस दमौली बजारको स्टपमा पुगेर रोकियो । झोला बोकेर हतारिंदै हामी दुई भाइ बसबाट ओर्लियौं ।

डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत नवीन विश्वकर्माको निम्तामा हामी त्यहाँ पुगेका थियौं । बसबाट झर्नासाथ नवीन सरलाई आफूहरु आइपुगेको जानकारी दिएँ । नवीन सरले डिभिजन वन कार्यालयको समीक्षा बैठकमा रहेको जानकारी दिनुभयो । उहाँले कार्यालय जाने लोकेसन दिई बस्दै गर्न आग्रह गर्नुभयो । म र भाइ राजेन्द्र बस स्टपबाट झोला बोकेर दमौली बजार क्षेत्रतर्फ प्रवेश गर्‍यौं । करिब पाँच मिनेट हिंडेपछि एक बेकरी सपमा पसेर फ्रेस भयौं । कालो कफी र बेकरी मगाएर खाएपछि बेकरीमै काम गर्ने बहिनीलाई डिभिजन वन कार्यालय जाने बाटो सोध्यौं ।

हिंड्दै जाने क्रममा एउटा खाली ट्याम्पो आइपुगो । ट्याम्पो चालक दाइले १० मिनेट पनि नलगाई डिभिजन वन कार्यालय तनहुँको गेटै अगाडि पुर्‍याइदिए । म र भाइ राजेन्द्र सरासरभित्र प्रवेश गर्‍यौं । कार्यालय अगाडि रहेको काठले निर्मित गोलो चौतारोमा पुगेर झोला बिसायौं । कार्यालयबाट एक जना कर्मचारी निस्केर हामीलाई स्वागत गर्दै पाहुनाघरतर्फ लिएर गए । पाहुनाघरको कोठामा बसेको करिब दुई घण्टापछि नवीन सर आइपुग्नुभयो ।

नवीन सर आएपछि उहाँका स्थानीय पाँच जना युवासाथीहरु पनि केहीबेरपछि गोलो चौतारोमै आइपुग्नुभयो । उहाँहरूसँगको परिचयपछि नवीन सरले गर्मी मौसम रहेकाले कार्यालयको ठीक उत्तरतर्फको एक फलफूल पसलमा लिएर जानुभयो । सो पसलमा फलफूलको फ्रेस जुस अनि फलफूल खाएपछि नवीन सरसँगै हामी व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई भेट्न उहाँको कार्यकक्षमा पुग्यौं । केही समयको भलाकुसारीपछि हामी तीनै जना वन डिभिजन कार्यालयतर्फ नै फर्कियौं ।

त्यसबेला साँझको ६ बजिसकेको थियो । हामी कार्यालय परिसरमा पुगेको केहीबेरमै स्कारपियो गाडी आइपुग्यो । नवीन सरले ‘लु प्राकृतिक चिसो खान मानुङकोट जाऔं’ भन्ने आग्रह गर्नुभयो । नयाँ-नयाँ ठाउँ घुम्न रुचाउने हाम्रा लागि सुखद् कुरा थियो ।

महाभारत पर्वत शृङ्खलामा रहेको रमणीय स्थल मानुङकोटतर्फ हाम्रो जम्बो टोली चढेको स्कर्पियो अगाडि बढ्यो । मगर जातिको बाहुल्य रहेको मानुङकोट करिब ३० मिनेटको यात्रापछि हामी पुग्यौं । मानुङकोट पुग्नुअघि सडकका दायाँबायाँ देखिएको रमणीय दृश्यहरूलाई कहिले नमेटिने गरी स्मृतिका पानामा कैद गरियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0