May 10, 2026, Sunday
२०८३ बैशाख २७, आईतवार

सेयर बजारमा हरियाली, आज २३ अंकले बढ्याे

काठमाडौं । लगातार घटेको चार कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ ।शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १९ अङ्कले बढेर २ हजार ६ सय ५३ दशमलव ०९ विन्दुमा पुगेको छ ।

Advertisement

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.१९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो ।

आज सेयर बजारमा १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ।साथै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेका छन् ।सोमबारको कारोबारपछि बजारपुँजिकरण ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुगेको छ ।

समग्रमा बजार बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने झन्डै साढे ७ प्रतिशतले घटेको छ । यस दिन चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0