सुनसरीमा बस र विङ्गर ठोक्किदा ४ जनाको मृत्यु, २३ घाइते
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक आपसमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब ७ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको मातृ डिलक्स बस र सप्तरीको राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४८ नम्बरको विङ्गर माइक्रो ठोक्किँदा दुर्घटना भएको हो ।
। घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । मृतक तीन जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो । अर्का मृतक विराटनगरका अशोक यादवको भएको खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ भने घाइते रहेका विङ्गरका चालकको उपचार जारी रहेको बताएको छ । हाल घाइतेको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल ईनरुवासहितका अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।



















प्रतिकृया दिनुहोस्