June 26, 2026, Friday
२०८३ असार १२, शुक्रबार

संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका खतिवडा निर्विरोध चयन

काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । समितिको शुक्रबार साँझ बसेको बैठकमा सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।

Advertisement

लगत्तै समितिमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले निर्विरोध सभापति चयन भएको घोषणा गरेका छन् ।खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदमा रहँदा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा दोषी देखिएका थिए । खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए ।

निजामती विधेयकमा भएको कुलिङ पिरियड छेडखानीमा नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिएका थिए ।संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उनले आगामी सोमबार सभामुखसँग पद तथा गोपनियताको शपथ लिनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0