October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार

कुल ५ लाख ९ हजार ५०० सय वरावरको कपडाहरु वरामद

मिति २०८०।०४।१५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी।

Advertisement

 

ल्याउदै गरेको अवस्थामा ५,०९,५००/- मुल्य वरावरको विभिन्न कपडाहरु वरामद गरी आवश्यक कावाहीको लागी वरामद सामान, सवारी साधन र मानिसहरु समेत भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ ।

१) जिल्ला रुपन्देही मायादेवि गाउँपालिका वडा नं. ६ बेथरी स्थितमा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका वडा नं. ३ वस्ने वर्ष २१ को बिजय भरले चलाएको लु ४७ प ४८३७ नं. को मो.सा.मा ल्याउदै

 

गरेको कुर्ता सुरुवाल १४० पिस मो.सा. सहित अं. मुल्य रु. १,४९,००० कपडाहरु बरामद गरी आवश्यक कारवाहीको लगी भन्सार कार्यालयमा पठाइएको छ ।

 

२) जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ लोहखडिया स्थितमा जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३७ को सन्त कुमार खरबिन्दले।

चलाएको लु १ ह १६९४ नं. ई-रिक्सामा ल्याउदै गरेको जेन्स अण्डर वेयर ५५०पिस, सेन्डो भेष्ट ११०० पिस ई-रिक्सा सहित अं. मुल्य रु. ३,६०,५००।– बराबरको कपडाहरु बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0