हिन्दू युवा शक्तिद्धारा रक्तदान, ४५ युनिट रक्त संकलन
२०७८ भदौ १९ कपिलवस्तु ।
विश्व रेडक्रस दिवस कै दिन “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मायादेवी गाउपालिकामा रहेको हिन्दू युवा शक्तिले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु जिल्ला शाखाको सहयोगमा पकडी स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा विशेष सहयोग राजेश शरण चौधरी, प्रमुख अतिथि मधुसुदन शरण चौधरी, विशिष्ट अतिथि कमलेश शरण चौधरी, विशिष्ट अतिथि नविन चौधरी, अतिथि परमेश्वर पाठक, वडा नं.१ का अध्यक्ष हरिगोविन्द चौधरी, चन्द्र कुमार शर्मा लगायत अन्य समाजसेवीहरुको उपस्थिति हिन्दू युवा शक्तिका राकेश शरण चौधरीले बताउनुभयो ।
हिन्दू युवा शक्तिले कोरोना संक्रमण विरुद्ध उच्च सतर्कता अपनाउँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको हो सबै रक्तदाताहरुलाई सुरक्षाका लागि मास्क अनिवार्य गराइएको रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
हिन्दू युवा शक्तिले रगत दिएकालाई प्रमाण पत्र समेत प्रदान गरेका र आफ्नै लगानीमा यस्ता सयौं सामाजिक उत्थान तथा युवा सशक्तीकरण कार्यक्रम गर्दै आएको छ ।






















प्रतिकृया दिनुहोस्