सरोकारवालाहरुको रुपान्तरण कक्षामा सिकाई आदान प्रदान तथा शैक्षिक सामग्री वितरण
लुम्बिनीताजाखबर, साउन १५, कपिलवस्तु ।
जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिकामा मधेश मानव अधिकार गृह (माहुरी होम) को आयोजनामा UNFPA को आर्थिक सहयोग र vso को सहकार्यमा सरोकारवालाहरुको रुपान्तरण कक्षा अनुगमन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भयो ।
रुपान्तरण कक्षाको सिकाई आदान प्रदान कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले आफ्नो मन्तब्यमा बाल विवाह अन्त्यका लागि किशोरी सशक्तिकरण परियोजना अन्तरगत किशोर किशोरीहरुको चौतर्फी विकासमा रुपान्तरणले खेलेको भूमिकालाई धेरै नै महत्वपूर्ण बताउनु भयो साथै परियोजना अन्तरगत सम्मान स्वरुप गरीव विपन्न किशोर किशोरीहरुलाई शिक्षा हासिल गर्न विद्यालय भर्ना भई नियमित पठन पाठन गर्न सक्ने, किशोर किशारीहरुको समग्र विकासका लागि उच्च शिक्षा हासिल गर्न सक्ने, पठन पाठनमा निरन्तरता पाउने, पढाई निरन्तर भएपछि बालविवाह बाट मुक्त हुने दृष्टीकोणले सबै सरह शिक्षा हासिल गर्न सक्नेका साथै आफुले चाहेको शिक्षा हासिल गर्न सक्ने उद्देश्यले छात्रवृति स्वरुप बैग, कापी, कलम, डिक्सनरी, क्यालकुलेटर, पेन्सिल, कटर, इरेजर, स्केल, ज्यामिति बाक्स र कलरपेन लगायतका सामग्रीहरू शुद्धोधन गाउँपालिकाका १४ जना किशोरी र ४ जना किशोर गरी १८ जनालाई वितरण भएको थियो ।
उक्त कार्यक्रममा गाँउपालिकाका अध्यक्षले आफू व्यक्तिगत र गाउँपालिका तर्फबाट आफ्नो योजनामा किशोरीहरुको शिक्षामा निरन्तरता बालविबाह न्युनीकरण विद्यालय छाडने दरलाई पालिकाको शैक्षिक स्तर बढाउने उद्देश्यले कक्षा ९ देखि १२ सम्मका किशोरीहरुलाई साइकिल वितरण गर्ने प्रतिबद्धता गरेका छन् ।
सो कार्यक्रममा माहुरी होमका अध्यक्ष प्रेम जयसवालले आफ्नो मन्तब्यमा रुपान्तरणको सफलताको जिम्मेवारी सबै सहजकर्ताहरु माथि रहेको साथै मैले देखेको फिल्ड सहजकर्ताहरुको मेहनत र किशोर किशोरीहरुमा आएको रुपान्तणले मलाई धेरै नै खुशी लागेको र संस्था तथा म वाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
सरोकारवालाहरुको रुपान्तरण कक्षामा सिकाई आदान प्रदानको अवसरमा तथा शैक्षिक सामग्री वितरण कार्यक्रम शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण, माहुरी होमका अध्यक्ष प्रेम जयसवाल, सिद्धार्थ समाजिक विकास केन्द्रका थिमलिडर करन बरुण, KSCC फिल्ड सुपरभाइजर शोभा यादव, माहुरी होम एहतेशाम खातुनको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको जानकारी जिल्ला सुपरभाइजर रिखिराम निगमले दिएका छन् ।
प्रतिकृया दिनुहोस्