July 17, 2026, Friday
२०८३ श्रावण १, शुक्रबार

१२,३१२ को जिम्मा कसले लिने ? (जिल्लागत सूचीसहित)

२ फागुन, काठमाडौं । एक महिनाअघि टुँडीखेलमा आयोजित थारु समुदायको माघी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘पाँच हजारको जिम्मा मलाई दिनुहुन्छ भने लिन्छु, तर राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने त्यो न्याय हुँदैन ।’

प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) ले १ फागुन २०५२ मा सुरु गरेको दश वर्षे ‘जनयुद्ध’मा १७ हजार २ जनाको ज्यान गएको थियो ।

Advertisement

‘मैले १७ हजार मानिस मारेर आएको भनिन्छ, तर यो सत्य होइन । सत्य के हो भने १२ हजारलाई हिजोको राज्यले मारेको हो’ टुँडीखेलमा प्रचण्डको भनाइ थियो ।

१०९४ जना अझै बेपत्ता

पूर्वप्रधानमन्त्री प्रचण्डको त्यो अभिव्यक्ति निराधार भने देखिदैन । पूर्वमाओवादीले पार्टीको जिल्ला कार्यसमितिमार्फत संकलन गरेको तथ्यांकका आधारमा उनले त्यस्तो अभिव्यक्ति दिएको देखिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0