April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार

शब ए बरातको सबैमा हार्दिक शुभकामना:- अध्यक्ष अन्सारी

शहबाज खान/कपिलवस्तु
२०७८ चैत्र ४ गते शुक्रवार मनाउन गई रहेको शब ए बरातको सुखद उपलक्ष्यमा सबैमा हार्दिक मुबारक (शुभकामना) मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारीले व्यक्त गरेका छन।
मुस्लिम समुदायको इस्लाम धर्मको अरबी पात्रों अनुसारको आठौं महिना शावान महिनको १५ गतेका रातिमा यो महत्वपूर्ण पर्व शब ए बरात मनाउने गरिन्छ। शब ए बरात हजारौ रात भन्दा पनि महत्वपूर्ण रात हो यो रातमा गरिने इबादत, दुआ प्रार्थना, कबुल हुने गरिन्छ।

Advertisement

आजको यो पवित्र शब ए बरातको रातमा रात भरि जाग्रम बसी सबैले आफ्नो लागि, आफ्नो परिवारका लागि, आफ्नो मुलुकको लागि र आम मानवहरुको भलाईको लागि दुआ (प्रार्थना) गरिन्छ।
शब ए बरातको १५ दिन पछि रमजान (रोजा) प्रारम्भ हुन्छ। इस्लाम धर्मका ५ आधार स्तम्भमध्ये रोजा एक हो अरबी महिनाका १२ महिनामध्ये ९औं महिना रमजान हो।
शब ए बरातको शुभ अवसरमा फेरि पनि सम्पुर्ण स्वदेशी तथा विदेशी दाजु भाई दिदीबहिनीहरुमा हार्दिक शुभकामना (मुबारकबाद) मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारीले व्यक्त गरेका छन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0