June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार

कपिलवस्तुमा सर्प टोक्दा एक बालकको मृत्यु

साउन ८, कपिलवस्तु।

Advertisement

 

जिल्ला कपिलवस्तु शुद्धोधन वडा नं.२, मेहनीयामा सर्प टोक्दा एक बालकको मृत्यु भयो ।

कपिलवस्तुको शुद्धोधन वडा नं.२, शिवपुजन चमारको छोरा बर्ष १६ रविन्द्र चमारलाई बिषालु सर्प टोकी (डसी) सख्त घाइते भएकोले तत्काल उपचारको लागि अस्पताल तौलिहवा ल्याएकोमा तौलिहवा अस्पताल हुँदै कपिलवस्तु कम्युनिटी ४ नं का लागि देखाउदा डाक्टरले निजको मृत्यु भएको घोषणा गरेको थियो ।

 

मृत्यु घोषणा गरेको हुँदा ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानको सिलसिलामा यस कार्यालयबाट लाश जांच मुचुल्का समेतको प्रारम्भिक कार्य सम्पन्न गरि कपिलवस्तु जिल्ला अस्पतालबाट पोष्टमार्टम गरि दह संस्कारको लागि घर पठाइएको प्रहरी निरीक्षक रेशमलाल पौडेलले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0