June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

लाईन्स क्लब कपिलवस्तुद्वारा शुद्धोधन गाउँपालिकामा नयाँ लिईओ क्लब स्थापना :

लुम्बिनीताजाखबर, मंसिर १७, कपिलवस्तु ।

Advertisement

लाईन्स क्लब कपिलवस्तुद्वारा शुद्धोधन गाउँपालिकामा नयाँ लिईओ क्लबको स्थापना तथा अभिमुखीकरण कार्यक्रम सु-सम्पन्न भएको छ ।

लाईन्स क्लब कपिलवस्तुको आयोजना शुद्धोधनमा नयाँ लिईओ क्लब गठन भएको छ । नयाँ लिईओ क्लबका अध्यक्षलाई प्रमाण पत्र र पदाधिकारीलाई बेच समेत दिइ सम्पूर्ण पदाधिकारलाई पदभार ग्रहण गराउदै प्रतिबद्धता समेत गराएको छन् ।

उक्त कार्यक्रम प्रमुख शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, विशिष्ट अतिथी शुद्धोधन गाउँपालिका उपाध्यक्ष होम प्रकास (लाल) चौधरी, विशिष्ट अतिथी वडा नं.२ का वडा अध्यक्ष मनोज कुमार यादव, लाइन्स क्लब कपिलवस्तु अध्यक्ष जिल्लाका अध्यक्ष राम शुभागे थारु, ओम प्रकाश घिमिरे, सन्दिप भट्टराई, शन्तराज गैरे, लिईओ पाण्डव भण्डारी, लिईओ सागर बन्जाडे, लिईओ कपिलदेव भट्टराई लगायतका उपस्थित रहेको शुद्धोधन नयाँ लिईओ कल्बका अध्यक्ष मोहम्मद सलिम मुसलमानले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0