गय राती फेरि शुद्धोधनमा ट्रान्सफर फुटाइ भित्रको सामान चोरी
कार्तिक २५, कपिलवस्तु ।
जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. २, सानो नन्दनगरमा रहेका श्री डिप ट्युबवेल जल प्रबन्ध समितिबाट गयराति समूहद्वारा २५ केभीको ट्रान्सफर्मर फुटाइ सामान चोरी भएको छ । यस पालिकामा ट्रान्सफर्मर फुटाइ चोरीको घटना भने कुनै पहिलो पटक होइन यस्तो घटना धेरै पटक भएको छ ।
चोरी उक्त ट्रान्सफर्मरको कभर फुटालि भित्रको महत्वपूर्ण पाटपुर्जा मात्र निकालेर लगेको छ । भित्र महत्वपूर्ण पाटपुर्जा लगे पश्चात कभर लगायत अन्यभाग भने घटना स्थलमै फालिएको अवस्थामा भेटिएका छ । चोरी भएको ट्रान्सफर्मर बारे स्थानीय युवा नेता अजिजुर्र रहिमान शेष संग बुझ्दा १.५ साल देखि खाने पानीमा जडान गर्नको लागि राखिएको थियो । तर श्री डिप ट्युबवेल जल प्रबन्ध समितिको केही काम रुकेको कारणले लाइट जडान गर्न रोकिएको थियो ।
यस पालिकामा यो भन्दा पनि ट्रान्सफर्मर चोरी घटना भैसकेको छ । तर आज ती घटनाका दोषी भने पक्राउ परेका छैनन् । दोषी पक्राउ नपर्नाले चोर लगायत अपराधीको मनोबल बढदै गएको सहजै अनुमान गर्न सकिन्छ ।
उक्त ट्रान्सफर्मर फुटाइ चोरी भएको घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी ईन्चार्ज कृष्ण प्रसाद खत्रीले बताएका छन् ।
प्रतिकृया दिनुहोस्