December 9, 2025, Tuesday
२०८२ मंसिर २३, मंगलवार

अ.व. २०७८/७९ को कञ्चन गाउँपालिकाको सार्वजनिक सुनुवाइकार्यक्रम सम्पन्न

दीपक जैसवाल, पुस ३०, रुपन्देही ।
जिल्ला रुपन्देही को कञ्चन गाउँपालिका आर्थिक वर्ष २०७८/७९ को कञ्चन गाउँपालिकाको सार्वजनिक सुनुवाइकार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

कञ्चन गाउँपालिकाको बिकास निर्माणको बारेमा स्थानीय जनताले गरेका प्रशनको क्रममा कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रि र उपाध्यक्ष गोमा तरामुले समग्र विकास निर्माण को बारेमा जानकारी दिदै स्थानीय जनताको सल्लाह सुझावलाई ग्रहण गर्दै आफुलाइ अहिलेसम्म बिकास निर्माणमा सहयोग गरेकोमा सम्पूर्णलाई धन्यवाद दिनु भएको थियोे ।

कञ्चन गाउँपालिका भित्र रहेका कृषि साखा पशुसेवा साखा, शिक्षा साखा रोजगारसाखा स्वास्थ्य साखा, लगाएतले स्थानीयले गरेको प्रश्ननको बारेमा जबाफ दिनु भएको थियोे साथै स्थानीयले समग्र विकास भएतापनी अनुदान घाँसको बिउँ शिक्षामा शिक्षक नियुक्ति कर्मचारी नियुक्ति बारेमा सबैलाई थाहा दिएर गर्नुपर्ने कुरो राख्नु भएको थियोे ।

यस्तै कर्मचारीको समग्र बिकास को बारेमा उथेका प्रशन कञ्चन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले जबाफ दिनु भएको थियोे ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी राजनीतिकदल क्लब आमा समुह सञ्चारमाध्यम को उपस्थितिमा रहेको थियोे ।
कार्यक्रम नागरिक प्रतिवेदन स्टेशन म्यानेजर गोबिन्द्र आचार्यले गर्नु भएको थियोे र स्वागत मन्तव्य बिष्णु आचार्यले गर्नु भएको थियोे भने कार्यक्रमको सन्चालन दिनेश घिमिरेले गर्नु भएको थियोे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0