August 17, 2026, Monday
२०८३ भाद्र २, मंगलवार

सन्थाल समुदायबाट पहिलो न्यायाधीश बने विश्वदीप बेश्रा

काठमाडौ।झापाका विश्वदीप बेश्रा नेपालकै अति सीमान्तकृत आदिवासी जनजाति सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका छन्।न्याय परिषद्को मंगलबारको बैठकले उनीसहित ६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनीहरू सबैलाई जिल्ला न्यायाधीश नियुक्त गरेसँगै ४० वर्षीय विश्वदीपले फेरि एकपटक समुदायकै पहिलो हुनुको खुसी प्राप्त गरेका छन्।

Advertisement

रौतहट जिल्ला अदालतको जिल्ला न्यायाधीश बनेका उनले यसअघि समुदायकै पहिलो शाखा अधिकृत, समुदायकै पहिलो उपसचिव बनेको खुसी साँच्ने अवसर प्राप्त गरेका थिए। अब समुदायकै पहिलो न्यायाधीश बनेका उनी भन्छन्, ‘अति सीमान्तकृत समुदायबाट राज्यको मूलधारमा आइपुग्न पाउनु खुसीको कुरा हो। म खुसी छु।’

झापा र मोरङमा बसोबास गर्ने सन्थाल समुदाय आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि पारिएको समुदायका रूपमा चिनिन्छ।
अहिले उनी संघीय कानुन मन्त्रालयमा उपसचिव थिए।

३० प्रतिशत न्यायाधीश नियुक्त गर्न मिल्ने संवैधानिक प्रावधानअनुसार उनी अरू ५ जनासहित न्यायाधीश नियुक्त भएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0