January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार

प्राइम कमर्सियल बैंकले तिलोत्तमाको शिवपुरमा खोल्यो एक्सटेन्सन काउन्टर ।

प्राइम कमर्सियल बैंक लिमिटेडले एक्स्टेन्सन काउन्टर तिलोत्तमा नगरपालिका वडा नं. ८ मा आज मिति २०८०/१०/१० गते एक कार्यक्रम का विच उद्‌घाटन गरेको छ । उक्त कार्यलाय‌को उद्‌घाटन यसै नगरपालिका नगर प्रमुख श्री रामकृष्ण खाण ज्यु ले गर्नु भएको हो । उक्त कार्यक्रम मा वोल्दै नगर प्रमुख खाणले यस क्षेत्रका नागरिकले सजिलै बैंकिङ्ग कारोबार गर्ने र टाढा जननपर्ने तथा अन्य सुविधा यसै बैंकबाट प्राप्त हुने जानकारी गराउनु भयो । साथै उक्त कार्यक्रममा यस बैंकका ए.जि.एम. श्री सुरेश मन सिंह ज्यु, लुम्बिनी प्रदेश का प्रदेश प्रमुख श्री कुश सुदन सिंह ,वडा नं ८ का वडा अध्यक्ष श्री कृष्ण प्रसाद पौडेल, वडा नं ११ का वडा अध्यक्ष श्री विष्णु बहादुर बराल क्षेत्री ज्यूले शुभकामना मन्तब्य गर्नु भयो । उक्त कार्यक्रमको संचालन प्राइम कमर्सियल बैंकका ध्रुव भण्डारीज्यूले गर्नु भएको थियो कार्यक्रममा प्राइम बैंकका शाखा प्रमुख बुटवल शाखाका शिव वस्नेत, बुटवल २ का शाखा प्रमुख सन्दिप पौडेल भैरहवा शाखा प्रमुखः वाबुराम अर्याल ,होराइजन चौक शाखा प्रमुख माधव पन्थ, मायादेवी शाखा प्रमुख लेकमणी भट्टराई तथा शिवपुर एक्टेन्सन काउन्टर इन्चार्ज खिमानन्द पौडेलको उपस्थिति थियो।

Advertisement

What’s your Reaction?
+1
0
+1
2
+1
1
+1
0
+1
0
+1
1
+1
0