शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने
शुद्धोधन गाउँपालिकाले भर्खरै मात्र गाउँ सभाको १७ औ अधिवेशन सम्पन्न गरेको छ ।
अधिबेशनले गाउँपालिका काे नाममा शुद्धोधन काे ठाउँमा शुद्धोदन सच्याउने विषयमा प्रकृया सुरु गरेको छ ।
शुद्धोधन गाउँपालिकाले आफ्नो नामको शुद्धिकरण र दीर्घकालीन विकासका लागि नाम परिवर्तनको प्रस्तावसहित १२ वटा प्रमुख कार्यसूची पारित गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले प्रस्तुत गरेका कार्यसूचीहरू सभाले सर्वसम्मत अनुमोदन गरेको थियो ।
प्रवक्ता केशव प्रसाद अधिकारीले नाम शुद्धिकरण र परिवर्तनको प्रस्ताव पेश गर्दै, गाउँपालिकाको नाम ‘शुद्धोधन’ लाई व्याकरणिक रूपमा परिमार्जन गरी ‘समृद्ध शुद्धोधन’ बनाउने प्रस्ताव अगाडि बढाइने जानकारी दिनुभयो। जसले गाउँपालिकाको दीर्घकालीन विकास र समृद्धिलाई केन्द्रित गर्ने विश्वास व्यक्त गरिएको छ।

सभाको १७ औ अधिवेशन २ दिन सम्म चलेको थियो। प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तिको संचालनमा सम्पन्न उक्त अधिवेशनमा चालू आर्थिक वर्षको वार्षिक बजेट पारित गर्नुका साथै अन्य १२ वटा महत्वपूर्ण कार्यसूचीहरू अनुमोदन गरिएको थियो।




















प्रतिकृया दिनुहोस्