जे.के.आटो ग्यारेजमा आगलागी बाट करीब ३० लाख को क्षती – लुम्बिनी
लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं १३ अन्तर्गत रहेको कालीदह स्थिति जे. के. कार वास एण्ड सर्विस पसलमा शुक्रवार करीब ६ बजे आगलागि भई लाखौं को क्षति भएको छ।
जे. के. कार वास एण्ड सर्विस पसलमा रहेको बिभिन्न बाईक का पार्ट पूर्जा जलेर नष्ट भएको हो साथै बिल्डिंग मेशिन , गाड़ी धुलाई गर्ने कम्प्रेसर , दुईवटा बाईक इंजिन, बैकुम मेशीन , पंखा , साईकल ,पाँच वाट सिंचाई मेशीन , पसलमा लगाईयेको टीन जस्ता पाता जलेर नष्ट भएको जे. के. कार वास एण्ड सर्विस पसल का संचालक इलियासले जानकारी दिए ।
तथा दुई वटा सुपर स्पिलेन्डर बाईक एउटा बाईक UP 55 w 1192 पलेट नम्बर रहेको छ भने आर्को बाईकको कागज समेत जलेर नष्ट भएको स्पष्ट देख्न सकिन छ।
करिब ३/४ बर्ष देखि संचालनमा रहेको मोहम्मद इलियास मुसलमानको अटो ग्यारेज जलेर नष्ट भएको छ । यस आगलागीमा करिब १४ लाख बराबरको क्षती भएको मोहम्मद इलियास मुसलमानले जानकारी दिए ।
सोहि ठाउँमा राखिएको UP 55 R 8315 नम्बर को बुलेट बाईक , सिंचाई मेशीन, कम्पैन समेत आगलागी भई जलेर ध्वस्त भएको छ। आगलागीमा करिब १५ लाख बराबरको क्षती भएको मोहम्मद तइयफले जानकारी दिए ।
यस घटनामा मोहम्मद इलियास मुसलमान तथा मोहम्मद तइयफको बढ़ी क्षती भएको देख्निछ । आगो कसरी के कारण ले लागेको भन्ने अहिले खुलेको छैन् । थप अनुसंधान भई रहेको छ।
प्रतिकृया दिनुहोस्