December 9, 2025, Tuesday
२०८२ मंसिर २३, मंगलवार

सरकारका प्रवक्ता भन्छन् : गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको जिकिर गरे ।

Advertisement

उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । उनले दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने दाबी पनि गरे ।

‘दुई वटा माग प्रतिपक्षले उठाइरहेको छ। एउटा गृहमन्त्रीको राजीनामाको माग छ। अर्को छानबिन समिति गठन होस् भन्ने छ। हाम्रो कुरा गृहमन्त्रीले उठेका प्रश्नको जबाफ दिएपछि पुग्छ,’ उनले भने। उनले भने, ‘संसद अवरुद्ध छ ।  संसद अवरुद्ध हुनुको कारण चाँही प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । अर्को छानविन समिति  गठन होस् भन्ने  छ । तर गृहमन्त्रीले राजीनामा दिनु उचित लाग्छ जस्तो लाग्दैन । प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने हो । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने छ ।’

गृहमन्त्रीले संसदमा प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि संसद खोल्नुपर्छ । तीन नेताहरुबीच पनि छलफल भएको छ । सम्भवतः आज भोलिमा समस्याको समाधान हुन्छ भन्ने विश्वास छ ।’

मन्त्री गुरुङले यस बारेमा शीर्ष दलका तीन नेताहरुबीच छलफल भइसकेको पनि बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0