December 9, 2025, Tuesday
२०८२ मंसिर २३, मंगलवार

बलामपुर गाउँका घरघरमा पानीका धारा

दाङ  । घोराही उपमहानगरपालिकाले वडा नं. २ अन्तर्गतको बलामपुर गाउँमा घरघरमा खानेपानीको धारा जडान गरी पानीको दीर्घ समस्या समाधान गरेको छ।  लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनामा लगानी गरेको हो । खानेपानी आयोजनाको बुधबार नगर प्रमुख नरुलाल चौधरीले  (आज)उद्घाटन गरे ।

Advertisement

नगर प्रमुख चौधरीले बलामपुरका स्थानीयलाई पानीको समस्या नहुने बताए । सधैं पानीको चिन्तामा रहेका स्थानीयलाई पानीको सदुपयोग गर्न आग्रह गरे । सरकारले घरघरमा धारा पुराएपछि अब त्यसको संरक्षण जनताको जिम्मामा रहने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले बलामपुरमा वर्षौंदेखि रहँदै आएको पानीको समस्या समाधान भएकोमा खुशी व्यक्त  गरे र  “अब संरक्षण जनताको जिम्मेवारी हो,” भन्दै उहाँले खानेपानी व्यवस्थापनमा जनसहभागिता अपरिहार्य रहेको धारणा  राखे |
बलामपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लालबहादुर चौधरीले यस अघि कुवा र जरुवाबाट पानी खादै आएको अब घरघरमा पानीको धारा आएपछि समयको बचत भएको बताए । सफा र शुद्ध खानेपानी घरघरमा आएपछि स्थानीय निकै खुशी रहेको बताएका छन्    ।

बलामपुरका सबै नागरिकले घरमा धारा जोडेर पानीको उपयोग गर्न थालेका छन् । डिपबोरिङ मार्फत पानी निकालेर ट्यांकीमा जम्मा गरि ९० घरधुरीमा पाइपलाइनमार्फत धारा जडान गरिएको हो।  । सबै घरमा धारा पुर्‍याइएको घोराही उपमहानगरपालिकाको शहरी विकास पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले जानकारी  दिए ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0