April 30, 2026, Thursday
२०८३ बैशाख १७, बिहीबार

बागमतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि भारी वर्षासम्म हुनेछ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।शुक्रबार बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ।

Advertisement

पछिल्लो १२ घन्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ताप्लेजुङको दोभानमा गएको १२ घन्टामा ८६.२ मिलिमिटर वर्षा भएको छ। कास्कीको ज्यामिरेबेसीमा ६०.२ मिलिमिटर, मुगुको ताल्चामा ५४.९ मिलिमिटर वर्षा भएको छ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।दिउँसो देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको छ।राति पनि देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0