December 9, 2025, Tuesday
२०८२ मंसिर २३, मंगलवार

पत्रकार रिजालको ‘शकुन्तला ‘ प्रकाशित

काठमाडौं। पत्रकार आचार्य कमल रिजालको पौराणिक उपन्यास ‘शकुन्तला ‘प्रकाशनमा आएको छ । यो उनको पाँचौं उपन्यास हो ।

Advertisement

यस कृतिको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्याताभन्दा नितान्त भिन्न किसिमले लेखिएको उपन्यास भएको लेखक रिजालले बताएका छन् ।
उपन्यासले हिन्दुसंस्कार र संस्कृतिभित्र विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्न सहयोग गर्ने शिखा बुक्सका पुष्पराज पौडेलले बताएका छन् ।
उपन्यासलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0