March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०, शनिबार

संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन्।

Advertisement

प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामती कर्मचारीका लागि राजीनामा दिएपछि वा अवकाश पाएपछि दुई वर्षसम्म अन्य नियुक्ति लिन नपाउने सम्बन्धी कुलिङ अफ पिरियडको प्रावधान राखिएको बताइन्।उनका अनुसार सरकारी कर्मचारीले राजीनामा दिएपछि वा अवकाश पाएपछि दुई वर्षसम्म सरकारी, संवैधानिक, कूटनीतिक र अन्य नियुक्ति लिन पाउने छैनन् ।

सभापति दाहालले यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएको जानकारी दिएकी छन् । १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुशुची थप गरेर परिमार्जन गरेको सभापति दाहालले जानकारी दिएकी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0