February 16, 2026, Monday
२०८२ फाल्गुन ४, सोमबार

लुटपाट भएका सामग्री फिर्ता गरिदिन राष्ट्रपति कार्यालयको सूचना

काठमाडौं।राष्ट्रपति कार्यालयले गत मङ्गलवार भएको आजगनी तोडफोडका क्रममा लुटपाट भएका सामग्री बुझाइदिन भनेको छ ।राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि.भि. कुर्सी लगायतका भौतिक सामग्रीहरू कार्यालय परिसरबाट लुटपाट चोरी भएको जनाउँदै बुझाइदिन भनेको हो ।

Advertisement

सूचनामा भनिएको छ, ‘कसैले राष्ट्रपतिको कार्यालय जि.खा.पा.नं. उल्लेख भएका वा नभएका समान देख्नु भएमा वा भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस कार्यालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।’

उल्लिखित सामग्रीहरूको सम्बन्धमा कुनै जानकारी भएमा नजिकको सुरक्षा निकायमा जानकारी दिन र सूचना दिन अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने पनि राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0