April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार

‘पाँच पाण्डव’ मा जोडिइन इभा गिरी !

आइतवार, चैत्र १५ २०८२ काठमाडौं । मल्टिस्टारर फिल्म ‘पाँच पाण्डव’ को छायांकन अहिले पूर्वी नेपालको झापाका विभिन्न थलोमा भैरहेको छ । दुई सातादेखि त्यहाँका विभिन्न स्थानमा फिल्म छायांकन भैरहेको हो ।

यतिबेला यो फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट छ । छायांकन सुरु भएको दुई साता बित्नै लाग्दा पनि यो फिल्ममा कास्टिङ प्रक्रिया जारी छ ।

Advertisement

यो फिल्म चर्चित कन्टेन्ट क्रिएटर तथा कलाकार इभा गिरी र अभिनेता प्रशान्त ताम्राकारको प्रवेश भएको छ । यी दुई जना कलाकार लाइनअपमा जोडिएको निर्माताले विज्ञप्तिमार्फत जनाएका छन् ।

छायांकनको १४ औं दिनमा उनीहरू जोडिएको निर्माता कम्पनी कालीरानी फिल्म्सले जनाएको छ । यसअघि यो फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सागर लम्साल, दीपाश्री निरौला अनुबन्धित छन् ।

वसन्त निरौलाले फिल्मको निर्देशन गरिरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0