गैडहवा गा.पा. अन्तगर्त राष्ट्रिय युवा संघ नेपालको सपथ ग्रहण कार्यक्रम सम्पन्न
दिपक जैसवाल, भाद्र ५, सुर्यपुराा, रुुुपन्देही ।
एमालेका युवा नेता भट्टराईले नेकपा (एमाले) प्रगतिशील, जनपक्षीय पार्टी भएकाले हावाहुरी चल्नासाथ विचलित हुने पार्टी नभएको बताउनुभएको थियो । वहाँले नेपालको शक्तिशाली पार्टी र आम जनसमुदायको मनमनमा बस्न सफल भएको पार्टी नेकपा एमाले भएकोले यसमा आवद्ध भई सामाजिक जागरणको नेतृत्वदायी भुमिका निर्वाह गर्न युवाहरुलाई आब्हान समेत गर्नुभएको थियो ।
राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक समेत रहनुभएका भट्टराईले रुपन्देहीको क्षेत्र नं.–५ मा नेपाली काँग्रेसले १५ वर्ष शासन गर्दा समेत कुनै परिवर्तन ल्याउन नसकेको भन्दै अव यस क्षेत्रको नेतृत्व नेकपा एमालेले गर्छ र परिवर्तन ल्याउँछ भन्नुभएको थियो । वहाँले नेकपा एमालेको नेतृत्वमा गैडहवामा वस्ती विकास, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने समेत बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख भुमिश्वर ढकालले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पुयाउन मुख्य भूमिका खेल्ने तत्व र प्रवृत्तिको विरुद्धमा एकजुट भई पार्टीलाई शुद्धीकरण गर्ने अभियानमा जुट्न युवा शक्तिलाई अपिल गर्नुभएको थियो । क्षेत्र नं.–५ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहनुभएका ढकालले अहिलेको गठबन्धनको सरकारले एकपछि अर्काे गर्दै जनताको हित विपरितका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरु गर्दै गइरहेको हुँदा त्यसका विरुद्ध एकजुट भएर खवरदारी गर्न युवाहरुलाई आब्हान गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, जिल्ला संयोजक मनोज गौचन शिक्षक संगठनका गैडहवा गाउँ कमिटी संयोजक सञ्जयकुमार यादव, विद्यार्थी नेता सन्दिप गुप्ता लगायतले बोल्नुभएको भयो भने राष्ट्रिय जनकलाकार प्रिया भण्डारीले आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गनुृभएको थियो ।
नेकपा एमाले गाउँ कमिटी अध्यक्ष भुवन रानाको अध्यक्षता मा र सचिव कृष्णशंकर गुप्ताको सञ्चालनमा सम्पन्न भएको युवा भेलामा मिन भट्टराई संयोजक, पदम थापा सहसंयोजक, रमेश जयसवाल सचिव रहेको १४६ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल, गैडहवा गाउँ कमिटी गठन गरेको छ ।
एमालेका युवा नेता भट्टराईले नेकपा (एमाले) प्रगतिशील, जनपक्षीय पार्टी भएकाले हावाहुरी चल्नासाथ विचलित हुने पार्टी नभएको बताउनुभएको थियो । वहाँले नेपालको शक्तिशाली पार्टी र आम जनसमुदायको मनमनमा बस्न सफल भएको पार्टी नेकपा एमाले भएकोले यसमा आवद्ध भई सामाजिक जागरणको नेतृत्वदायी भुमिका निर्वाह गर्न युवाहरुलाई आब्हान समेत गर्नुभएको थियो ।
राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक समेत रहनुभएका भट्टराईले रुपन्देहीको क्षेत्र नं.–५ मा नेपाली काँग्रेसले १५ वर्ष शासन गर्दा समेत कुनै परिवर्तन ल्याउन नसकेको भन्दै अव यस क्षेत्रको नेतृत्व नेकपा एमालेले गर्छ र परिवर्तन ल्याउँछ भन्नुभएको थियो । वहाँले नेकपा एमालेको नेतृत्वमा गैडहवामा वस्ती विकास, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने समेत बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख भुमिश्वर ढकालले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पु¥याउन मुख्य भूमिका खेल्ने तत्व र प्रवृत्तिको विरुद्धमा एकजुट भई पार्टीलाई शुद्धीकरण गर्ने अभियानमा जुट्न युवा शक्तिलाई अपिल गर्नुभएको थियो । क्षेत्र नं.–५ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहनुभएका ढकालले अहिलेको गठबन्धनको सरकारले एकपछि अर्काे गर्दै जनताको हित विपरितका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरु गर्दै गइरहेको हुँदा त्यसका विरुद्ध एकजुट भएर खवरदारी गर्न युवाहरुलाई आब्हान गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, जिल्ला संयोजक मनोज गौचन शिक्षक संगठनका गैडहवा गाउँ कमिटी संयोजक सञ्जयकुमार यादव, विद्यार्थी नेता सन्दिप गुप्ता लगायतले बोल्नुभएको भयो भने राष्ट्रिय जनकलाकार प्रिया भण्डारीले आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गनुृभएको थियो ।
नेकपा एमाले गाउँ कमिटी अध्यक्ष भुवन रानाको अध्यक्षतामा र सचिव कृष्णशंकर गुप्ताको सञ्चालनमा सम्पन्न भएको युवा भेलामा मिन भट्टराई संयोजक, पदम थापा सहसंयोजक, रमेश जयसवाल सचिव रहेको १४६ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल, गैडहवा गाउँ कमिटी गठन गरेको छ ।
प्रतिकृया दिनुहोस्