गैडहवा गाउँ पालिकालाई बाढी प्रभावितहरुका लागि राहत सहयोग
दिपक जैसवाल
भदौ २३, सुर्यपुरा, रुपन्देही ।
जिल्ला रुपन्देही गैडहवा गाँउपालिकामा सुनगाभा सामुदायिक बिकास केन्द्रद्धारा बाढिपिडित लाई राहत बितरण कार्य सम्पन्न भएको छ ।
युनाईटेड मिसन टु नेपाल नवलपरासी कलस्टरको आर्थिक सहयोग तथा सुनगाभा सामुदायिक बिकास केन्द्रको आयोजनामा कन्चनका ४५ जना बाढिपिडितहरुलाई २५ किलो चामल, नुन, तेल, दाल, साबुन, तरकारी गरि १३ वटा सामाग्री बितरण गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कञ्चन गाँउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीलाई आमान्त्रित गरीएको थियो ।
कार्यक्रममा कञ्चन गाँउपालिका वाड न. ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने वाड न.४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्री, वाड न.५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, सुनगाभा सामुदायिक बिकास केन्दका सम्पुर्ण कर्मचारी, पत्रकार लगाएतको उपस्तिथि रहेको कार्यक्रम लाई सम्बोधन गदैै अध्यक्ष क्षेत्रीले बाढिपिडित लाई राहत बितरण कार्य गरेको प्रति खुसि व्यक्त गदै यो कार्य अति उत्कृष्ट रहेको बताउदै आगामी दिनहरुमा पनी यो बिकास केन्द्रले बाढि पिडित, गरिब असाहय, दिन दुखी, अति बिपन्न र पिछडीएका बर्गलाई समेट्दै आफ्नो पहिचान उच्च बनाउन कञ्चन गाँउपालिकाले सक्दो सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो । साथै उहाँले पछिल्लो समय कञ्चन गाँउपालिका भित्र आएको बाढीको स्मरण गदै यो बिपदको समयमा सम्पुर्ण कञ्चनमा स्थापित सामाजिक संघ सस्थाहरुलाई सहयोग गर्न अपिल गर्नुभयो ।
त्यस्तै रुपन्देहीको गैडहवा गाँउपालिकामा पनी सुनगाभा सामुदायिक बिकास केन्द्रद्धारा ३६ जना बाढि पिडितहरुलाई २५ किलो चामल, नुन, तेल, दाल, साबुन, तरकारी गरि १३ वटा राहत सामाग्री बितरण गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैंडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवटलाई आमान्त्रित गरीएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष केवटले बाढिपिडित लाई सहयोग गरेकोमा सुनगाभा बिकास केन्द्रलाई धन्यबाद दिनुभयो ।
कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष सुमित्रा बुढाथोकिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत संस्थाका कोषाध्यक्ष इन्द्र बहादुर पुन तथा संस्थाका सचिब हिमा बेलबासे र सस्थाका सह सचिव पुस्पराज सापकाटाकोे संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस्