December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

राष्ट्रिय जनमुक्ती पार्टीको लुम्बिनीमा बृहत आम सभा सम्पन्न

दीपक जैसवाल, कार्तिक १३, रुपन्देही ।

Advertisement

राष्ट्रिय जनमुक्ती पार्टीको लुम्बिनीमा बृहत आम सभा सम्पन्न भएको छ । पुर्ण संघियता र जातिय समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, भ्रष्टचारमुक्त , समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता भने मुख्य नारा सहित लुम्बिनी सांस्कृतिक नगर नगरपालिका वडा नं.२ मजुहाना स्थित बलरामपुर मा बिद्यालयमा भएको सो बृहत् आम सभा सम्पन्न भएको हो ।

राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशब सूर्यबंशी मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको आम सभालाई सम्बोधन गर्दै सो पार्टीका

केन्द्रीय उपाध्यक्ष ड.हाजि मोहम्मद हसनले अधिकार बिहिन आदीबासी जनजाती,मधेसी,मुस्लिम र उत्पिडित समुदायलाई एकल जातिय राज्यसत्ताले अधिकार र पहुंचको लोभ देखाउदै सधै पछाडी पारेको आरोप लगाएका छन । अधिकारबिहिन जनताको अधिकारका लागि बन्दुक उठाउन समेत तयार रहेको बताउदै उपाध्यक्ष हसनले दिनहु देशको सिमाना मिचिदै जादा एक जातिय तानाशाही एमाले कांग्रेस माओबादी सत्तका लागि भारतिय शासकका सामु नतमस्तक रहदै आएको समेत हसनले आरोप लगाए। उपाध्यक्ष हसनले पद र पैसामा फसेर शासक दलका सांसद र मन्त्रीहरुले देशघाती एम सि सि जसरी नि लागू गर्न खोज्नुले नेपाली कांग्रेस,एमाले,माओवादी देश र जनता नभई बिदेशी शासकहरुको दलाल भएको आरोप लगाए ।

सो पार्टीका केन्द्रिय सचिब मोजिब अलिले सत्ताको मसिहा ठान्दै आएका नेपाल कांग्रेस,एमाले,माओबादीले आदीबासी जनजाती,मधेसी,मुस्लिम र उत्पिडित समुदायलाई राज्यको हरेक पक्षबाट पछाडी पार्दै आएको हुदा आदीबासी जनजाती,मधेसी,मुस्लिम र उत्पिडित समुदायको हक अधिकार सुनिश्चितताका लागि राष्ट्रिय जनमुक्ती पार्टी नै एक मात्र दल भएको बताएका छन ।

राष्ट्रिय जनमुक्ती पार्टी लुम्बिनी थरुहट मगरात प्रदेशका अध्यक्ष झम बहादुर गुरुङले शासक दलहरु नेपाली कांग्रेस एमाले माओवादी आदीबासी जनजाती,मधेसी,मुस्लिम र उत्पिडित समुदायका लागि घातक र निरंकुस दल भएकोले ती दलहरुको अन्त्यका लागि गाउँ गाउमा राष्ट्रिय जनमुक्ती पार्टीको संगठन निर्माण गर्न आवस्यक रहेको बताए ।

विभिन्न राजनैतिक दल परित्याग गरि राधेश्याम बानिया, स्थानिय बिरेन्द्र कुमार शुक्ला, वाल्मीकि पाण्डे, राजेश लोध सहित ५० जना स्थानियहरु राष्ट्रिय जनमुक्ती पार्टीमा प्रबेश गरेका छन ।

कार्यक्रममा केन्द्रीय सदस्य मोहम्मद अन्सारी, नव प्रबेशीहरुको तर्फबाट बिरेन्द्र कुमार शुक्ला, राधेश्याम लोध,राजेश लोध लगायतले आदिबासी जनजाती दलित मुस्लिम तथा पिछडिएकाहरुको आसाको दल भनेकै राष्ट्रिय जनमुक्ती पार्टी भएको र तराइको हरेक कुनामा जनमुक्ती पार्टीलाई सशक्त दलको रुपमा स्थापित गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देही जिल्लाका अध्यक्ष प्रेम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नं.४ का अध्यक्ष सुदर्शन यादबले स्वागत गर्नु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0