December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

ग्रामीण विकासका लागि एमाले जित्नु पर्छ

कपिलवस्तु

Advertisement

नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर १ ले घरदैलो अभियानलाई तिब्रता दिएकाे छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार वलराम अधिकारी ले ग्रामिण विकासका लागि एमाले जित्नुपर्ने बताउनु भएकाे छ ।

 

अभियानका क्रममा जिल्लाकाे शुद्धोधन गाउँपालिका वडा नम्बर ३ मा एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । सूर्य ध्वजाबाहक चिन्हमा मतदान गरि भारि मतले एमालेलाई विजय गराउन अधिकारीले आग्रह गर्नुभयाे । सबै धर्म, जाति भाषा र लिंगकाे सम्मान गर्ने एकमात्र पार्टी एमाले रहेकाे जनाउँदै हरेक दृष्टिकोणले सबल र सक्षम रहेकाे दावी गर्नुभयाे ।

 

 

यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार मधुसुदन शरण चौधरीले केपी शर्मा ओेलीकाे नेतृत्वकाे सरकारले देशकाे विकासमा आमूल परिवर्तन ल्याएकाे दाबी गर्नु भएको छ । विकासका पुर्वाधारहरुमा ३ वर्षे कार्यकालमा ओेलीले देशकाे मुहारफेर्न सफल भएको उहाँले बताउनुभयाे ।

 

हरेक पालिकामा १५ देखि २५ सय शैय्याकाे अस्पताल निर्माण गर्ने, स्वास्थ्य बिमा, आफ्नो गाउँ आफै बनाउँ नीति एमालेकाे सरकारले ल्याएको चौधरीले बताउनुभयाे । गाउँ र गल्ली-गल्लीमा रिङ राेड निर्माणकाे नीति, कर्मचारीकाे तलब वृद्धि, ५ हजारसम्म बृद्ध भत्ता दिने, पाेषणा भत्ताकाे व्यवस्था, स्वास्थ्य, शिक्षा र भाैतिक पुर्वाधारकाे विकास उल्लेखनीय काम भएकाे उहाँले दावी गर्नुभयो ।

 

सुर्य चिन्हमा अत्यधिक मतदान गरि विजयी बनाउन कार्यकर्ता र मतदातासँग संघ र प्रदेशमा एमालेकाे सरकार बनाउन चौधरीले अनुरोध गर्नुभयाे । जनताले प्रत्यक्ष महसुस हुने गरि विकास गर्ने र जनतामाझ जनताकाे सेवक भएर काम गर्ने अवसर प्रदान गर्न मतदातासँग अपिल गर्नुभएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0