जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र यादव को कार्यवाही फिर्ता ।
रुपन्देहीमा जनमत पार्टीका साहसी / ईमानदार नेता तथा राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको कार्यवाही फिर्ता गरिएको छ। रुपन्देहीमा जनमत पार्टीका कार्यकर्ताहरुमा नयाँ जोस र नया उमङ्ग देखियो ।
पार्टीेले गरेको कारवाही फुकुवा गरेसंगै कार्यकर्ताहरुमा पुनः पहिला जस्तै उमङ्ग । पार्टीका उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका प्रमुख दिपक कुमार शाहले शुक्रबार कारवाही फुकुवा भएको पत्र पठाए संगै यादव समर्थकहरु उत्साहित भएका हुन् ।
सचिवालयबाट ३ महिनाका लागि निलम्बन गरिएका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव हिजो निलम्बन फुकुवा भएको कुरा जनमत पार्टीको केन्द्रीय कार्यकारणी सदस्य रामकेश गुप्ताले जानकारी गराए।
जनमत पार्टी रुपन्देहीका नेता कार्यकर्ताहरुमा नयाँ उत्साह सहित नेता कार्यकर्ताहरु सचिव भोपेन्द्र यादवको निवास भैरहवामा पुगी स्वागत तथा सम्मान गरेका छन ।
साथै राष्ट्रिय अध्यक्ष श्रद्धय श्रीमान् माननीय डा. सि. के. राउत समेतलाई यादवले हृदय देखि धन्यवाद दिएका छन् ।
प्रतिकृया दिनुहोस्