April 29, 2026, Wednesday
२०८३ बैशाख १६, बुधबार

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा !

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

Advertisement

विशेष महाधिवेशनमार्फत कांग्रेस नेतृत्वमा आएका थापाले २१ फागुनमा भएको चुनावमा आफूसहित पार्टीले पराजय व्यहोरेपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

गगन आफैँ सर्लाही ४ मा पराजित भएका छन् भने कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै जितेको छ । पार्टीलाई जिताउन नसकेको भन्दै थापाले राजीनामा दिएका हुन् ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

पूर्वसंस्थापन समूहका नेताहरूले भने विशेष महाधिवेशनको औचित्य नै समाप्त भइसकेको भन्दै पार्टीलाई त्यसअगाडिकै हैसियतबाट अगाडि बढाउनुपर्ने माग गरिरहेका छन् । शुक्रबार बस्ने बैठकमा सभापति थापाको राजीनामाबारे निर्णय लिने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0