December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

घरैबाट शुरु गरौं महिला हिंसा अन्त्य गरौं लैङगिक हिंसा विरुद्ध १६ दिने अभियान सरोकारवाला निकायहरूसंग अन्तक्रिर्या कार्यक्रम कञ्चन

मंसिर २१, रुपन्देही ।
जिल्ला रुपन्देही गाउँपालिकाको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन रुद्र्पुर सामुदायिक वन उपभोक्ता समुह कञ्चन ४ रुपन्देही सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपन्देही गैर सरकारी महासंघ रुपन्देही साथी सन्जाल कञ्चन सेतो गुराँस बाल बिकास सेवा रुपन्देहीको सह आयोजनामा सम्पन्न भएको छ ।

Advertisement

स्वागत मन्तव्य कञ्चन सहायक महिला बिकास निरीक्षक राधा भट्टराईले सम्पूर्ण लाई स्वागत गर्दै कञ्चन गाउँपालिकाको न्याय समितिले गरेका काम हरुको बारेमा र धेरै घरायसी र लेनदेन तथा जग्गाको बारेमा निवेदन आएको जानकारी दिनु भएको थियोे ।
कार्यक्रम का प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री ले हरेक हिसाबले महिलाहरुलाइ सम्मान गर्नुपर्ने र सधै सम्मान गर्नुपर्ने भनाइराख्दै धेरै महिला हिंसा घर बाटनै सुरु हुने भएकोले लैगिंक हिंसा आजदेखि नै अन्त्य हुनुपर्ने र केही क्षेत्र मा महिला बाट महिला नै हिंसा भएको भन्दै यस्तो अबस्थामा सबैले एक अर्को लाई सम्मान गर्नुपर्ने ,अध्यक्ष क्षेत्रीको भनाइ रहेको थियोे साथै अध्यक्ष क्षेत्रीले जेष्ठ नागरिक विभिन्न शारीरिक समस्या भएका नागरिक लाई सधै आआफ्नो क्षेत्र बाट सहयोग गर्नुपर्ने र गाउँपालिका ले जतिनै बिकास गरेपनी लैंगिक महिला हिंसा न्यूनीकरण गर्न सकिएन र हिला हरुलाई ३३% कोटामा सिमित भन्दा प्रतिस्पर्धामा गर्नुपर्ने बताउनु भएको थियोे।

कार्यक्रममा विशिष्ट अतिथि कञ्चन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले सबै वर्ग लाई सम्मान गर्नुपर्ने र हरेक धनिले गरिव लाई एउटा जाती ले अर्को जातिलाइ पुरुष ले महिला लाई हिंसा अन्त्य गर्नुपर्ने र धेरै महिला बाट नै महिला हिंसामा परेको भन्दै हिंसाभने कुरो कसैले पनि कसैलाई हिंसा गर्न नहुने भनाइ राख्नु भएको थियोे ।
यस्तै कार्यक्रममा अध्यक्षता कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामुले लैगिंक हिंसा पछिल्लो समयमा धेरै नै बढेको भन्दै महिला हिंसा पछी लैगिंक हिंसा बढेको भन्दै यो रोक्नको लागि क्लब आमा समुह संघसंस्था लगाएत ले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उपाध्यक्ष तरामु को भनाइ रहेको थियोे। साथै उपाध्यक्ष तरामुले कञ्चनमा समग्र महिला हिंसा कम देखियतापनि महिला हिंसा अझै कमि आउन नसकेको भन्दै घरपरिवार बाट हुने हिंसा अन्त्य हुनुपर्ने बताउनु भएको छ ।
यस्तै कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्र का कार्यक्रम संयोजक गोपाल बहादुर के सिले लैगिंक हिंसा विरुद्धको बारेमा जानकारी दिदै १६ दिने लैगिंक हिसा विरुद्ध कार्यक्रम भन्दा पनि हिंसा कमि ल्याउन घर घर बाटनै सचेत हुनुपर्ने र सुनगाभा सामुदायिक बिकास केन्द्रले जेष्ठ नागरिक महिला बालबालिका को बारेमा काम गर्दै आएको बताउनु भएको थियोे ।

यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपन्देहीका अध्यक्ष दिननाथ आचार्यले वनको महत्त्व र वन जोगाउनु पर्ने भनाइ राख्दै र धेरै पहिला देखि आएको महिला हिंसा बिस्तारै कमि आएतापनी लैंगिक हिसा बढेको भन्दै चेतनामूलक कार्यक्रम जरुरी रहेको र धेरै हिंसा घर बाट नै सुरु हुने हुँदा हिंसा कमि पनि घर बाट नै कमि आउने बताउनु भएको थियोे ।महिला र लैंगिक हिंसा कार्यक्रम मनाउनु भन्दापनी सबैले सचेत तरिकाले घरमा राम्रो व्यबहार लागू गर्ने भनाइ राख्नु भएको थियोे ।
विशिष्ट अभिवक्ता विनोद गौतम ले घरेलु हिंसा घरपरिवार देखिन्छ र लैंगिक हिंसा समाज बढी देखिने भएको ले पारिवारिक सम्बन्ध मा यस्ले खल्ल पार्ने भएको ले हिंसा विरुद्ध मा सबै लाग्नुपर्ने बताउनु भएको थियोे साथै उहाँ ले गरिव भएको ले पनि घरेलु लैंगिक हिंसा हुने बताउदै र हिंसा मा बढी महिला हुने भन्दै धेरै कुरो सहदै हिंसा विरुद्ध मा बोल्न नसक्ने हुदा पनि हिंसा बढेको बताउनु भएको थियोे ।
कञ्चन वाड न ५ वाड अध्यक्षले महिलाको हक अधिकारको लागि महिला नै अगाडि बढ्नु पर्ने धारण राख्दै महिला र लैंगिक हिंसा अन्त्य गर्नुपर्ने र १६ दिने कार्यक्रम भन्दा नि सधै
सम्पूर्ण शिक्षकको तर्फबाट सिवकला आचार्य घरेलु हिंसा ले नै समाज बिकासमा बाधा पुगेको बताउदै पढाउने बेला र भासणमा मात्रै बोलेर मात्रै नभएर ब्यबहारिक रुप्ले लैंगिक हिंसा र महिला हिंसामा कमि आउने बताउन भएको थियोे ।
कार्यपालिका सदस्य लक्ष्मी देवि दर्जी ले जातीयता र लैंगिक हिंसाले अतिनै समस्या परेको भन्दै महिला हरु पनि हिंसा पर्ने तर घर बाहिर ल्याउन नस्कदा समस्या झन झन जेलिदै आएको भन्दै घर टोल गाउँ गाउँ बाट हिंसा अन्त्य गर्नुपर्ने भनाइ राख्नु भएको थियोे ।
कार्यक्रममा अन्य अतिथि कञ्चन वाड न १ का वाड अध्यक्ष हरिनारायण थारु वाड ४ का कार्यभार अध्यक्ष केश बहादुर खत्री वाड न ५ का वाड अध्यक्ष कृष्ण प्रसाद अधिकारी कार्यपालिका सदस्य रेनु कुवर लक्ष्मी देवि दर्जी गिता थापा रेडियो कञ्चन का समाचार प्रमुख दिनेश घिमिरे कञ्चन सहकारी सन्जाल कि अध्यक्ष राधिका चौधरी , सुनगाभा सामुदायिक बिकास केन्द्र मा मानव बेच बिखन विरुद्ध काम गर्दै आउनु भएका जितेन्द्र चौधरी सुनगाभा सामुदायिक बिकास केन्द्र कि अध्यक्ष सुमित्रा बुढा थोकी , प्रहरी चौकी बिधालय आमा समुह क्लब वन संस्था स्वयंसेवि लगाएत विभिन्न संस्था को उपस्तिथि मा कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रमको सन्चालन सुनगाभ सामुदायिक बिकास केन्द्र कि सचीव हेमा बेलबासेले गर्नु भएको थियोे ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0