युवा नेता कमलेश शरण चौधरी द्वारा सहयोग
राजकुमार चमार, जेठ १३ कपिलवस्तु।
जिल्ला कपिलवस्तु शुद्धोधन गाँउपालिकाका जनता समाजवादी पार्टीका कमिटी अध्यक्ष कमलेश शरण चौधरी ले विश्वव्यापी रूपले फैलिएको महामारी कोभिड-१९ बाट पिडितहरुलाई यातायात तथा अक्सिजन सिलिण्डर सहयोग गर्नु भएका छन् ।
दोस्रो कोभिड-१९ महामारीको अवस्थामा स्थानीय, प्रदेश तथा केन्द्र सरकारले महामारी न्यूनीकरण ना सक्रिय देखिए पनि कपिलवस्तु जिल्लामा पिडितहरुलाई बिना पदको तन, मन र धनले चौधरीले सहयोग गरिरहेको अनेकौं सामाजिक सञ्जालमा देखिएको छ ।
“धर्म भन्दा कर्म ठूलो” भन्ने धारणाले बिना विभेद कोरोना पिडितहरुलाई सहयोग गरेको भन्ने भनाई चौधरी ज्यूको छ भने बताएका छन् । आफ्नो ज्यानको माया नगरी अर्काको ज्यान बचाउने चौधरी ज्यूको समाज कल्याणकारी कार्यले उहाँलाई कपिलवस्तु जिल्ला भरी चर्चित बनाएको छ ।
चौधरीले शुद्धोधन गाउँपालिका को अध्यक्ष पदमा दोस्रो स्थानलाई पराजित भए पनि जनताको आशा र विश्वाशका पत्र बन्न पुगेका छन् । जिल्लामा अक्सिजन सिलिण्डर आभाव हुँदा लगभग ३५ वटा सिलिण्डर आवश्यक पर्ने ठाउँमा सहयोग गर्न भएका छन् ।
चौधरीले आफ्नो माछा फारमको ठूलो व्यावसायी भएकाले आफूसँग भएभरको तथा अरु खरिद गरी सो सिलिण्डरबाट पिडितहरुलाई सहयोग गर्न सजिलो भएको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्