April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार

देशभरको मौसमको अबस्था कस्तो रहला ?

काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ।

Advertisement

शनिबार दिउँसो देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0