July 12, 2026, Sunday
२०८३ असार २८, आईतवार

नि.शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८०।०४।१३ गते बिहान को अं.०८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल

Advertisement

 

भैरहवा रुपन्देहीको प्राविधिक सहयोगमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क.को प्रमुख आतिथ्यतामा यस कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल,

भैरहवा मेडिकल कलेजका Camp coordinator तेज कुमार के.सी., डा.बिनोद प्रसाद शाह, डा.आशिष कुमार झा, र डा.हिमाल पौडेल सहितको टोली, प्रहरी निरीक्षकहरु,

 

पत्रकारहरु तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थितिमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१२ स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्राङ्गणमा ।

 

नि.शुल्क स्वास्थ्य शिविर संचालन गरी १०९ जना प्रहरी कर्मचारीहरुको उच्च रक्तचाप, मधुमेह, नाक कान घाँटी, हाड जोर्नी तथा नशा रोग सम्बन्धी चेकजाँच गरी उक्त कार्यक्रम सम्पन्न भयो ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0