नवौं राष्ट्रिय खेलकुद लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी खेलाडीलाई पोशाक वितरण तथा विदाई कार्यक्रम
असोज ९, रुपन्देही ।
जिल्ला रुपन्देही कञ्चन गाँउपालिका, गैडहवा गाँउपालिका र सियारी गाँउपालिका बाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेश स्तरीय छनोटको लागी बर्दियाको भुरिगाँउमा सहभागी हुने खेलाडीलाई आज एक कार्यक्रमका बिच पोशाक वितरण तथा विदाई गरीएको छ ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विधामा सहभागि हुने टिम म्यानेजर, कोच लगायत २८ जना खेलाडी तथा कोचहरुलाई पोशाक वितरण सँगै विदाई गरीएको हो । रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य राम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेश खो खो संघ का अध्यक्ष तुल बहादुर थापा, म्यानेजर यम लाल अर्याल, कन्चन गाउपालिका अध्यक्ष नवराज ढकाल, गैडहवा गाउपालिका अध्यक्ष सुरेन्द्र पौडेल, कन्चन गाउपालिका वाड न. ३ का वाड अध्यक्ष टिकाराम सापकोटा पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य राधिका चौधरीले सन्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी कन्चन गाउपालिका अध्यक्ष नवराज ढकाल र बिशिष्ठ अतिथि गैडहवा गाउपालिका अध्यक्ष सुरेन्द्र पौडेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रुपन्देहीको नाम राख्ने गरी खेल्नको लागि शुभकामना दिनुभयो । साथै खेलाडीहरु देशका गहना हुन भन्दै खेलाडीहरुको संरक्षकत्वमा गाँउपालिकाले विशेषध्यान दिनुपर्ने भन्दै खेलाडीहरुको मनोबल बढाउनका लागि प्रमुख अतिथी कन्चन गाँउपालिका अध्यक्ष नवराज ढकाल र बिशिष्ठ अतिथि गैडहवा गाउपालिका अध्यक्ष सुरेन्द्र पौडेलले संयुक्त रुपमा ट्र्याकसुट वितरण गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्