गुड ह्याण्डस् नेपालद्वारा सहयोगार्थ अन्तर विद्यालय खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
लुम्बिनीताजाखबर, मंसिर २०, कपिलवस्तु ।
जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.६, मा रहेका श्री कालिमाई आधारभूत विद्यालयमा गुड ह्याण्डस् नेपालद्वारा सहयोगार्थ अन्तर विद्यालय खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
गुड ह्याण्डस् नेपालले विगत ७ बर्ष देखि कपिलवस्तु र रुपन्देही जिल्ला अन्तर्गतका आधारभूत तहका विद्यालयहरुमा काम गर्दै आएकोछ ।
गुड ह्याण्डस् नेपालद्वारा सहयोगार्थ अन्तर विद्यालय खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा श्री महालक्ष्मी आधारभूत विद्यालय, श्री नवदुर्गा आधारभूत विद्यालय, श्री भगवानपुर आधारभूत विद्यालय, श्री आदर्श आधारभूत विद्यालय, श्री ज्ञानज्योति आधारभूत विद्यालय, श्री पशुपति शिक्षा मन्दिर आधारभूत विद्यालय र श्री कालिमाई आधारभूत विद्यालय बिच भएको थियो । खेलकुद प्रतियोगितामा प्रथम स्थान ल्याएको श्री कालिमाई आधारभूत विद्यालय शुद्धोधन गाउँ पालिका ६, टिटिहिरिया, दोस्रो स्थान श्री भगवानपुर आधारभूत विद्यालय लु.स.न.प.११, भगवानपुर रुपन्देही र तेस्रो स्थान श्री पशुपति आधारभूत विद्यालय यशोधरा गाउँपालिका सोहठौलीले हासिल गरेका छन् ।
उक्त कार्यक्रमको अध्यक्षता गुड ह्याण्डस् नेपालको अध्यक्ष गावा लामा, प्रमुख शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, विशिष्ट अतिथी शुद्धोधन गाउँपालिका उपाध्यक्ष होम प्रकास (लाल) चौधरी, विशिष्ट अतिथी शुद्धोधन गाउँपालिका शिक्षा अधिकृत धनी प्रसाद शर्मा, विशिष्ट अतिथी वडा नं.६ का वडा अध्यक्ष बिजय बहादुर यादव, सम्पूर्ण विद्यालय प्रध्यानाध्यापकहरु, सबैका विद्यालय ब्यवस्थापन समिति अध्यक्षहरु लगायतका उपस्थित रहेको श्री कालिमाई आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश बहादुर यादवले बताएका छन् ।
प्रतिकृया दिनुहोस्