सियारीमा फूटबल प्रतियोगिता हुंदै
सियारी गाउंपालिकाको बार्षिक खेलकुद कार्यक्रम अनुसार सियारी खेलकुद बिकास समितिको आयोजनामा यही कार्तिक २३ गते देखि पालिका स्तरिय अध्यक्ष कप दोस्रो रनिङ शिल्ड फूटबल प्रतियोगिता हुने भएकोछ। सियारी गाउंपालिकाको सभा हलमा आज सम्पन्न खेलकुद बिकास समितिको बैठकले सो निर्णय गरेकोहो। प्रतियोगिता सियारी गाउंपालिका, वडा न ७ पश्चिम अमवा स्थित जनता मा बि को खेल मैदानमा संचालन हुनेछ भने ७ वटा वडा रहेको पालिकाको प्रत्येक वडा देखि बढीमा २ टिम सहभागी हुने गरि प्रतियोगिता संचालन गरिनेछ। कार्तिक १३ गते सम्म टिम दर्ता को अन्तिम मिति रहेको प्रतियोगिताको खेल तालिका (टाईशिट) २१ गते प्रकाशित गरिनेछ। सियारी गाउंपालिका खेलकुद बिकास समितिका संयोजक गोपाल ज्ञवालीको अध्यक्षता तथा पालिका प्रमुख थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुधिर पौडेल ले गर्नु भएको थियो। कार्यक्रममा पालिका उपप्रमुख तारा थारु, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थी, ७ वटै वडाका वडा अध्यक्षहरु, खेलकुद बिकास समितिका सदस्यहरु र्खेलकुद संग सम्बन्धित बिशिस्ट ब्याक्तित्व हरुको सहभागिता रहेको थियो। बिजेताले रु १,०१,०००/- र उपबिजेताले रु ५१,०००/- प्राप्त गर्ने प्रतियोगिताको पहिलो संस्करण वडा न ७ ले जितेको थियो।



















प्रतिकृया दिनुहोस्