October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार

लुम्बिनीमा बृहत सरसफाई अभियान सम्पन्न ।

लुम्बिनीमा बृहत सरसफाई अभिमान विजयादशमी तथा शुभ दिपावलीको अवसरमा महिलवार ५ नं. गेट देखी मुण्डन स्थल को वरीपरी रहेको फोहोर माईला आज दिन शनीवार सुनगाभा सामुदायिक विकास केन्द्र

Advertisement

 

स्ट्रोम फाउण्डेसन नेपाल, ग्रामीण समाज कल्याण सङ्‌घ ,मायादेवी प्रगतीशील आमा समूह , लुम्बिनी नव युवा क्लबको सहयोगमा तथा लुम्बिनी समन्वय समितिको समन्वय एवम् लुम्बिनी साथी संजाल रुपन्देहीको आयोजनामा

 

श्री राज कुमार लोध ज्यूको अध्यक्षता र लुम्बिनी सॉस्कृतिक नगरपालिकाका उप प्रमुख श्री कल्पना हरिजन ज्युको अथ्तियतामा लुम्बिनीमा बृहत सरसफाई अभिमान सम्पन्न भएको छ।

 

“साथी संजालको साझा अभियान , सरसफाईमा पुगोस सबैको ध्यान” आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर बनाऔं भन्ने नाराका साथ महिलवार ५ नं. गेट देखी मुण्डन स्थल भित्र रहेको फोहोर लुम्बिनी बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको हो।

 

लुम्बिनी बृहत सरसफाई कार्यक्रममा विभिन्न संघ संस्थामा अबद्ध रहेका सदस्यहरु तथा सम्पूर्ण किशोर किशोरीहरुको लगभग तीन सय जना को उपस्थितीमा भब्यरुपमा कार्यक्रम सम्पन्न भएको थियो ।

लुम्बिनी सॉस्कृतिक नगरपालिकाका उप प्रमुख कल्पना हरिजनले विजयादशमी तथा शुभ दिपावलीको शुभकामना तथा धन्यवाद दिदै सम्पूर्ण सदस्यहरुलाई आउने शनिवार पडरिया चोकमा सरसफाई को लागि उपस्थिति भईदिनुको लगि अनुरोध पनि गर्नु भयो ।

 

उक्त कार्यक्रममा सहभागी सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर के . सी . ,सुनगाभा सामुदायिक विकास केन्द्रका अनुगमन संयोजक तारा कॉउचा ,सशत्र सीमा बल लुम्बिनीका स . प्र. व. ह. गणेश कुमार बी.सी. लुम्बिनी साथी संजालका सचिव श्याम कुमार यादव

लुम्बिनी नव युवक क्लबका अध्यक्ष अहमद खॉन, मायादेवी प्रगतीशील आमा समूहका अध्यक्ष मन्जु ढकाल, सुनगाभा सामुदायिक विकास केन्द्र का अध्यक्ष अमृता थापा , ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्र. स. नि . पदम श्रेष्ठ

आमा साथी संजालका अध्यक्ष प्रदीप कुमार लोघ , विद्या ग्रेजुयट फोरमका अध्यक्ष उमा कुमारी भर, उज्यालो ग्रेजुयट फोरमका अध्यक्ष पूजा हरिजन , आमा साथी संजालका सचिव रिंकू यादव लगायत विभिन्न संघ संस्थामा अबद्ध रहेका सदस्यहरुको समेत सहभागितामा सरसफाई कार्यक्रममा सम्पन्न भएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0