December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

सनशाईन सामाजिक बिकास संस्थाद्धारा २ दिने तालिम सम्पन्न

 

Advertisement

लुम्बिनीताजाखबर, २५, कपिलवस्तु।

सनशाईन सामाजिक बिकास संस्था तथा यूनाईटेड मिसन टु नेपालको सहयोगमा परिवर्तनका लागि बालबालिका, यूवा तथा समुदाय ( सि.वाई सि.सि ) परियोजना अन्र्तगत बालअधिकार तथा कानूनी प्रावधानको बारेमा २ दिने तालिम कार्यक्रम समपन्न भएको छ ।

बालबालिकाको हक अधिकार तथा बालबालिकाहरुको संरक्षणलागि समुदायको जिम्मेवारी बिषयमा संस्थाका अध्यक्ष तथा तालिम सहजकर्ता शिवलाल यादव ज्यूले सहजीकरण गर्नुभएको थियो भने बालबालिका हक अधिकार,बालविवाह दहेज प्रथा, बाल यौन दुब्र्यवहार लगायत कानूनी बिषयमा कपिलबस्तु जिल्ला अदालतका अधिवक्त राजु श्रीवस्तव ज्यूले सहजीकरण गर्नुभएको थियो ।

तालिममा मायादेवी गाउपालिकाका प्रत्येक वडामा गठित बालसंरक्षण समिती र आत्मनिर्भर महिला संजालका पदाधिकारीहरु र यूवा क्लबको सहभागिता रहेको थियो तालिमका सहभागीहरुले तालिम एकदमै प्रभावकारी भएको हुनाले वडा तथा गाउपालिका स्तरबाट यस्ता कार्यक्रमहरुको योजना हुनुपर्छ भनि सहभागीहरुको भनाई थियो । त्यस्तै गरि तालिममा सहभागि भएका वडा सदस्य हृदयराम यादव,तिलकराम गडारिया,बब्बु सिंह यादव, कैलास मति केवटले आफनो भनाई राख्नु भएको थियो ।

उक्त कार्यक्रम सहजिकरण तथा संचालन सनशाईन सामाजिक बिकास संस्थाका सामाजिक बिकास तथा संरक्षण अधिकृत जितेन्द्र चौधरीको संचालन र बिन्देशरी यादवको ब्यवस्थापनमा सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0