May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार

आज कता कता हुँदैछ भारी वर्षा ?

काठमाडौं। हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण बाढी र डुबानको जोखिम रहेको छ ।

Advertisement

पछिल्लो एक घण्टामा मकवानपुर जिल्लास्थित हेटौंडा, रजैया वर्षामापन केन्द्र र आसपास केन्द्रमा मध्यमदेखि भारी वर्षामापन भएको छ । धनुषा जिल्लास्थित चिसापानी बजार वर्षामापन केन्द्र र आसपास केन्द्रहरूमा मध्यमदेखि भारी वर्षामापन भएको विभागलले जनाएको छ ।

बारा र रौतहट जिल्ला स्थित रजुवा र चंद्रपुर वर्षामापन केन्द्र र आसपास केन्द्रमा पनि मध्यमदेखि भारी वर्षामापन भएको छ । म्याग्दी जिल्लाको दर्बांग वर्षामापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षा भएका क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा आकस्मिक बाढी आउनसक्ने, होचा र डुबान भइरहने क्षेत्रका डुबान हुनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0