महाराजगन्ज : वडा अध्यक्ष धर्मेन्द्र पुरीकाे दादागिरी
लुम्बिनीताजाखबर, मंसिर २१, कपिलवस्तु ।
जिल्ला कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष धमेन्द्र पुरीले स्थानीय २ जनालाई कुटपिट गरेको आरोप लागेको छ । अध्यक्ष पुरीले मंगलवार साँझ ८ बजे वडा नम्बर १ पचेहरी गाँउका राम प्रकास ठाकुर र उनका छोरा पवन कुमार ठाकुरलाई कुटपिट गरेका थिए ।
खेतमा कम्पाइनले धान काट्दै गर्दा अध्यक्ष पुरीका समर्थकले आगो ताप्न पराल लिए पछि विवाद सुरु भएको थियो । छोरा र पराल लिने विच विवाद भए पछि उनीहरुले वडा अध्यक्षलाई बोलाएका बताइएको छ । छलफल गर्दै जादा अध्यक्षपुरीले एक्कासी हातपात गरेको राम प्रकासले बताए । अध्यक्ष पुरीले ३० जना जती मान्छे बोलाएर आफुलाई समेत कुटपिट गरेको बताए । कुटपिटको कारण राम प्रकासको आँखामा चोट लागेको छ । यसै गरी पवन कुमारको निधार र ढाडमा समान्य चोट लागेको बताईएको छ ।
पिडित ठाकुरले इलाका प्रहरी कार्यालय महाराजगन्जमा जाहेरी समेत दिएको बताइएको छ । प्रहरीका अनुसार गए राती चोटपटक लागेका उपचारको लागि बुटवल पठाइएको बताइएको छ । वडा अध्यक्ष पुरी आफैले उपचारका लागि बुटवल लगेका छन् ।
प्रतिकृया दिनुहोस्