October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार

कपिलवस्तुमा नवदुर्गा आमा समूहद्वारा तीज विशेष कार्यक्रम सम्पन्न:

लुम्बिनीताजाखबर, भाद्र १४, कपिलवस्तु।

Advertisement

जिल्ला कपिलवस्तु शुद्धोधन वडा नं.१, प्रगतिनगरमा नवदुर्गा आमा समूहद्वारा तीज विशेष कार्यक्रम धुमधामका साथ मनाइएका छन् ।

 

भाद्र शुक्लपक्षको तृतीया तिथिमा पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी गरेको व्रतबाट तीजको परम्परा चलेको पाइन्छ । नेपाली समाजमा परापूर्वकालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ । बाल्यकालमै विवाह भएर टाढा पुगेका छोरी – चेली-भान्जीहरूलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा लगाउने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउँथ्यो । यस अवसरमा माइती समाजमै दिदीबहिनीहरूले आफ्नो घरतर्फ सासूससुरा, देउरानी जेठानी, नन्द-आमाजू र पतिले दिएका पीडा र कुण्ठाहरूलाई उन्मुक्त कण्ठले पोख्न पाउँथे । यसर्थ तीजमा खासगरी पराई घरमा दुःख पाएका घटनाहरूको इतिवृत्तान्त व्यक्त गरी आमाबुबाको सहानुभूति र माया प्राप्त गर्ने भावका गीतहरू गाउने चलन अद्यापि छँदै छ ।

गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीद्वारा तीज विशेष कार्यक्रमको समुद्घाटन भयो साथै अध्यक्ष चौधरीले हरितालिका तीजको उपलक्ष्यमा शुभकामना पनि दिएका छन् ।

 

उक्त कार्यक्रममा सहभागी प्रमुख अतिथि शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, कार्यक्रम अध्यक्ष शारदा कुवँर, विशिष्ट अतिथि वडा नं का वडा अध्यक्ष तिलकराम यादव, अतिथि वडा सदस्य नथई प्रसाद यादव, अतिथि अजय चौधरी, समाजसेवी रफिक मुसलमान, प्रहरी बरिष्ठ हवल्दार राम कुण्डल पासी को उपस्थिति रहेको व्यवस्थापक कृष्ण प्रसाद थारुले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0