December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

सहयोगको भरमा चल्दै लुम्बिनीको गुरुकुल विद्यालय

­लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं१२ अजमा घाटमा रहेको श्री लुम्बिनी सनातन संस्कृत विद्या पिठ गुरुकुल विद्यालयमा loins club of bhairahawa legacy द्वारा गुरुकुल विद्यालयमा खाद्यान्न बस्तु र नगद सहयोग गरेका छन् ।

Advertisement

जसमा अध्यक्ष श्री रविकान्त उपाध्याय , प्रथम उपाध्यक्ष राजन शुक्ला , सचिव नारायण प्रसाद कोइराला, सहसचिव गोविन्द उपाध्याय , कोषाध्यक्ष सन्दिप अग्रहारी , सदस्य शैलेश उपाध्याय , सद्स्य रविन्द्र गुप्ता र विशेष उपस्थितिमा प्रमुख अथिति लायन विनोद खरेल , अतिथि अरुण मिश्र , घिरज मलिक , दिपक कौसल , राजेन्द्र थापा , अजय गुप्ता , विनय मिश्र लगायतका टिमले गुरुकुलमा सहयोग गर्नु भएको छ ।

विद्यालयको तर्फ वाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार लोघ , विद्यालयका प्र.अ. श्री शिव प्रसाद पाण्डेय ऊर्फ आचार्य /परम पूज्य बाल व्यास पं शिवम पान्डेय जी महाराज , वडा अध्यक्ष हरिकेश लोध , अभिषेक त्रिपाठी , चन्दन तिवारी , पत्रकार राजन मिश्र ( शिशिर ) समाज सेवी विरेन्द्र यादव , राजकुमार लोध लगायतका विभिन्न स्थानीयहरुको उपस्थितिमा खद्यान्न बस्तु सहित नगद सहयोग गर्नु भएको छ ।

 

लुम्बिनी सास्कृतिक नगरपालिकामा एक मात्र गुरुकुल विद्यालय रहेको छ। जसमा नगरपालिका द्वारा अहिले सम्मा कुनै पनि प्रकारको नगरपालिका वाट पाउने सेवा सुविधा उपलब्ध भएको छैन ।

हाल विद्यालयमा निशुल्क रुपमा २० जना विद्यार्थी अध्ययनरत रहेका छन् सो विद्यार्थी सोही विद्यालयमा बसी अध्ययन गरी राखेका छन् ती विद्यार्थीहरुलाई खाना र शैक्षिक सामग्रीको अभाव भएको देखिन्छ यस विधालाय प्रति नगरपालिकाको कुनै पनि प्रकारको ध्यान गएको छैन ।

What’s your Reaction?
+1
0
+1
1
+1
1
+1
1
+1
0
+1
1
+1
0