April 30, 2026, Thursday
२०८३ बैशाख १७, बिहीबार

अपाङ्गता भएका ब्यक्तिहरुसँग रोजगार तथा स्वरोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न:

राज कुमार चमार, साउन ६, कपिलवस्तु ।

Advertisement

‘रोजगार विहिन अपाङ्गता भएका नागरिकहरुका लागि उर्जाशील अवसर’ को मूल नाराका साथ कपिलवस्तु शुद्धोधन गाउँपालिका अपाङ्गता भएका ब्यक्तिहरुसँग रोजगार तथा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

 

प्रमुख अतिथि शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चाैधरी, अतिथि शुद्धोधन गाउँपालिकाका महिला वालवालिका तथा जेष्ठ नागरिक राधिका खनाल, सिद्धार्थ समाजिक विकास केन्द्र को थिम लिडर राम रेखा बरुण, शुद्धोधन गाउँपालिका स्वास्थ्य अहेव आदेश कुमार श्रीवास्तव, परियोजना फाइनान्स अफिसर रिना आचार्य, व्यापार विकास अधिकारी ढाकाराम अधिकारी र रमेश पोखरेल उपस्थिति रहेको छ ।

 

शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चाैधरीले भने अपाङ्गता भएको व्यक्तिलाई विभिन्न संघ संस्था सहयोग दिलाउनु का साथै गाउँपालिकाबाट अवश्यकता अनुसारको लगानी पनि गर्छु भन्ने प्रतिबद्धता गर्नु छन् ।

 

दि लेप्रोसी मिसन नेपालद्वारा संचालित फाउण्ड परियोजना अपाङ्गता भएका नेपाली व्यक्तिहरुको रोजगारीमा सहयोग गर्दै आएको यो फाउण्ड परियोजना नेपालका ५ ओटा जिल्लामा संचालित छ । काठमाडौं, ललितपुर, मोरङ, रूपन्देही तथा कपिलवस्तु जिल्लामा संचालित छ । फाउण्ड परियोजना उद्योग वाणिज्य महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ तथा दि लेप्रोसी मिसन नेपालको संयुक्त साझेदारीमा संचालित छ । १८-४५ बर्ष सम्मका अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न किसिमको व्यवसायमा सहयोग गर्दै आएको तथा विभिन्न औपचारिक रोजगारीमा जोड्ने काम गरिरहेको छ । फाउण्ड परियोजनाका रोजगार परामर्शकर्ता गिता अर्यालले कार्यक्रम सञ्चालन गर्नु भएका छिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0