December 9, 2025, Tuesday
२०८२ मंसिर २३, मंगलवार

सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँले घट्यो

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि शुक्रवार एक लाख ९३ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।

Advertisement

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0