शुद्धोधनमा किसोर किसोरी सञ्जालद्वारा बालविवाह अन्त्य नाटक कार्यक्रम सम्पन्न
भदौ १८ कपिलवस्तु
शुद्धोधन गाउपालिका स्तरिय किशोर किशोरी सञ्जालद्धारा वालविवाह अन्त्यका लागि वडास्तरिय वालविवाह बिरुद्धको सडक नाटक प्रदर्शनको आज लबनी स्वास्थ्य चौकीमा समापन कार्यक्रम गरिएको छ ।
सहयोगमा U.N.F.P.A( संयुक्त राष्ट्र जनसंख्या कोष), marie stopes lnternaronal ( सुनौलो परिवार नेपाल ), Australin Aid समन्वयमा शुद्धोधन गाउपालिका कपिलवस्तु आयोजक शुद्धोधन गाउपालिका स्तरीय किशोर किशोरी सञ्जाल कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गाउपालिका अध्यक्ष निसार अहमद खाँ, विशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष सुधा देवी पाण्डेय, विशिष्ट अतिथि गाउपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली , अतिथि स्वास्थ्य शाखा प्रमुख असफक अहमद खाँ, वडा नम्बर २ का वडाअध्यक्ष मनोज कुमार यादव लगायत मन्तव्य दिनुभएको थियो ।
शुद्धोधन गाउपालिका स्तरीय किशोर किशोरी सञ्जालका अध्यक्ष शेषकला पाण्डेय र सञ्जालका सम्पूर्ण टिमका सदस्यहरु,विष्णुप्रसाद ज्ञवाली , अर्जुन थापा ,राजु लम्साल शर्मा ,राम मिलन चौधरी , विद्या सहानी,प्र.चौ.ई. दामोदर डाँगी , प्रधानाध्यापक लाल चन्द पाण्डेय, युवा नेता कमलेश शारण चौधरी , बुद्धिजीवी, समाजसेवी, किशोर किशोरी संजालका सम्पूर्ण टिम तथा युवा क्लबका सदस्य र प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।






















प्रतिकृया दिनुहोस्