शुद्धोधन गाउँपालिकामा लुम्बिनी बिकास संस्था(लिडो)द्वारा बाख्रा वितरण कार्यक्रम सम्पन्न:
लुम्बिनीताजाखबर, श्रावण २४, कपिलवस्तु।
जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिकामा लुम्बिनी बिकास (लिडो) संस्थाद्वारा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शुद्धोधन गाउँपालिकामा इस्लामिक राहत नेपालले जिविकोपार्जनको लागि सहयोग गर्दै आएको छ । यसले शुद्धोधन गाउँपालिका वडा नं.१, पतरीयामा ७ जना गैर मुस्लिम र ५१ जना मुस्लिम समुदाय गरी ५८ जनालाई बाख्रा वितरण गरेको छ ।
लिडो संस्थाले शुद्धोधन गाउँपालिका वडा नं.१ देखि ६ वडा अन्तर्गत करिब ६०० घरधुरीलाई जिविकोपार्जनको लागि बाख्रा वितरण गर्न बताएका छन् ।
उक्त कार्यक्रममा सहभागी प्रमुख अतिथि शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, विशिष्ट अतिथि वडा नं.१ का वडा अध्यक्ष तिलक राम यादव, शुद्धोधन गाउँपालिका पशु शाखा प्रमुख मणी गैरे, कार्यक्रम संयोजक शरद चौधरी र संस्थाका कार्यकारी निर्देशक सुनिता बेल्बासे को उपस्थिति रहेको सचिव मोहरत प्रसाद कुर्मीले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस्