December 9, 2025, Tuesday
२०८२ मंसिर २३, मंगलवार

राष्ट्रिय युवा संघ शुद्धोधन गाउपालिका कमिटिको अध्यक्षमा तैय्यब खाँ

असोज १६, कपिलवस्तु

Advertisement

राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य गोपाल ज्ञवालीले वर्तमान सरकारले संविधानको गलत व्याख्या गरेकोले नेकपा एमालेले अहिले संसद अबरुद्ध गरिरहेको जिकिर गर्नु भयो । राष्ट्रिय युवा सघं नेपाल शुद्धोधन गाउपालिका कमिटीको प्रथम भेला तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताउनुभएको हो ।


विशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य अब्दुल मोजिब खाँले बोल्दै देश विकासमा युवाहरुको भुमिका महत्पुर्ण रहेको बताउदै सबै युवाहरु अहिले गोलबद्ध हुन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले समाजमा युवाहरुको भुमिकालाई स्थापित गर्न युवाहरु संगठित हुन जरुरी रहेको औल्याउनुभयो ।

यस कार्यक्रममा जिल्ला कमिटी का सदस्य घरभरन यादव वडा कमिटी गाउपालिका कमिटी सचिवा तथा संचालक राम बेलास चौधरी, युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष बिजय कुवर, पुर्व जिल्ला कमिटी सदस्य राधेश्याम यादव लगाएतले बोल्नु भएको थियो ।

शुद्धोधन गाउपालिका ३ स्वास्थ चौकीको सभाहलमा यस कार्यक्रम जिल्ला सचिवालय सदस्य तथा गाउपालिका अध्यक्ष विनोद चौधरीकअध्यक्षता रहेको थियो । यसै बीच शुद्धोधन गाउपालिका कमिटीको प्रथम भेला तथा अधिवेशनले शुद्धोधन गाउपालिका वडा नं. १ को राष्ट्यि युवा संघ नेपाल गाउपालिका कमिटीको अध्यक्षमा तैय्तब खाँ सर्बसहमत चयन हुनुभएको छ । ६ जनालाई पछि मनोनित गर्ने गरी तैय्यब खाँको अध्यक्षतामा ३२ सदस्यीय गाउपालिका कमिटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा मंगल यादव, सचिवमा प्रदीप कुमार यादव, सहसचिव सुनिता थारू  सम्मत चयन हुनुभएको छ । निर्वाचित सबै पदाधिकारीलाई राष्ट्यि युवा सघं नेपालका स्थायी कमिटी सदस्य गोपाल ज्ञवालीले पथ ग्रहण गराउनु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0